IPL मा कुन क्लबकाे फ्यान बढी ?

Written by Golden Duck

Oct 4, 2020

October 4, 2020

१२ वर्ष देखि क्रिकेट लिगमा एक मात्र राज गरिरहेकाे इण्डियन प्रिमियर लिग विश्वकाे धेरैहेरिने र धेरैमनपराउने लिगकाे पाँचाै नम्बरमा पर्दछ। कुनै पनि प्रतियोगितामा क्लब-क्लब बिच मात्र प्रतिस्पर्धा नभई फ्यान फ्यान बिच पनि प्रतिस्पर्धा हुने गरेकाे छ। IPL मा कसकाे बढी फ्यान भनेर पुर्ण एकिन गर्न नसिकिएला तर सामाजिक संजालमा पच्छाईएकाे आधारमा बढी मन पराईएकाे टाेलि लिन सकिन्छ ।



८) राजस्थान राेयल्स



पहिलो IPL विजेता राजस्थान राेयल्स धेरै खर्च नगर्ने तर सधैँ स्थानीय खेलाडीलाई प्राेत्साहन गर्ने टोलीकाे पहिलाे नम्बरमा पर्दछ। पहिलाे फाइनलमा चेन्नइ सुपर किङ्गसलाइ हराएकाे राजस्थानले त्यसयता उपाधि जित्न सकेकाे छैन ।
इन्स्टाग्राम १.२
ट्विटर १.२
फेसबुक ४.१
जम्मा = ६.५ मिलियन



७) दिल्ली क्यापिटल



लिग नजित्ने अनि फाइनल पनि नपुग्ने एक मात्र टाेलि दिल्ली क्यापिटल धेरै पच्छाउनेकाे साँताै नम्बरमा पर्दछ । नेपाली चेला सन्दिप टाेलिमा अनुबन्ध भएपछि दिल्लीलाई धेरै नेपालीले पच्छाईएकाे मानिन्छ ।
इन्स्टाग्राम १.६
ट्विटर १.५
फेसबुक ६.१
जम्मा = ९.२ मिलियन



६) सनराइजर्स हैदराबाद



९ अाैँ सस्करणकाे उपाधि जित्ने सनराइजर्स २०१२ मा स्थापना भएकाे हाे, थाेरै समयमा पनि यस क्लबलाई मनपराउने फ्यानहरु प्रशस्तै लेख्न सकिन्छ ।
इन्स्टाग्राम १.७
ट्विटर २.२
फेसबुक ५.९
जम्मा = ९.८ मिलियन


५) किङ्गस ११ पन्जाब


फेसबुकमा करिब ९ मिलियन फलाेवर्स भएकाे पन्जाब हिराेईन प्रिति जिन्टा लगायतकाे क्लब मानिन्छ । किङ्गस ११ ले भारतकाे माेहालि र पन्जावकाे प्रतिनिधित्व गरेकाे छ ।
इन्स्टाग्राम १.६
ट्विटर २.१
फेसबुक ८.५
जम्मा = १२.२ मिलियन



४) राेयल च्यालेन्जर्स बैँगलाेर


फ्यान जित्नुकाे लागि ट्रफी नै जित्नु पर्दैन भन्ने उदाहरण बैँगलाेरले प्रष्ट पारिदिएकाे छ, बैँगलाेर ३ वटा फाईनलमा निराश हुनु परेकाे छ ।
इन्स्टाग्राम ४.५
ट्विटर ३.८
फेसबुक ९
जम्मा = १७.३ मिलियन



३) काेलकत्ता नाईट राईडर्स



बलिउड नायक शाहरुख खानकाे राईडर्स २ पटक विजेता भइसकेकाे छ, सन् २०१२ र २०१४ मा ट्रफी उचालेकाे राइडर्सकाे फेसबुकमा १६ मिलियन फलाेवर्स रहेका छन ।
इन्स्टाग्राम १.९
ट्विटर ४.१
फेसबुक १६
जम्मा = २२ मिलियन



२) चेन्नई सुपर किङ्गस



तीन पटककाे विजेता चेन्नइ सर्वाधिक पच्छाईएकाे टाेलिमा दाेस्राे नम्बरमा पर्दछ। २०१०,२०११ र २०१८ काे विजेता चेन्नइलाई महेन्द्र सिंह धाेनिले कप्तानि गर्दछन ।
इन्स्टाग्राम ५.४
ट्विटर ५.९
फेसबुक १२.५
जम्मा = २३.८ मिलियन

१) मुम्बई इण्डियन्स



सर्वाधिक सफल, सर्वाधिक पच्छाइएकाे टाेलि मुम्बई इण्डियन्स चार पटक विजेता भइसकेकाे छ । २०१३ देखि एक वर्ष विराइ ट्रफी जितेकाे मुम्बई भारतिय धनाढ्य मुकेश अम्बानिकाे टिम रहेकाे छ ।।
इन्स्टाग्राम ५.४
ट्विटर ५.८
फेसबुक १३
जम्मा = २४.२ मिलियन

0 Comments

0 Comments

Submit a Comment

Your email address will not be published. Required fields are marked *

Related Articles

दिल्ली को धमाका !!!

दिल्ली को धमाका !!!

IPL भन्ने खेल पनि अचम्म को छ, कसैसँग Trophy को भकारी कोही चाहिँ Trophy को चक्कर मा 12 साल एसै फाल्नुपर्ने अवस्था। अनुभव ले त हरेक चिजलाई सफल बनाउँछ, तर Delhi Capitals को कहानी अर्कातिर लेखिन पुग्यो। कोसिस पनि कहाँ नगरेको हो र?? जीवन को अर्काे परिभाषा छ, कोशिस् र...

मुम्बईको  राज ??

मुम्बईको राज ??

कतिपय टिम को लागि त आकाशको फल आँखा तरि मर जस्तो हुन्छ। यो कथा हो 4 पटक IPL बिजेता Mumbai Indians को। सुरुबाट हेर्ने हो भने त नाम ठूलो काम सानो जस्तो लाग्छ तर मिहिनेत र परिश्रम को अगाडि कसैको केही लाग्दैन भने जस्तो Mumbai Indians को IPL जित्ने सपना साकार भयो। 2013 बाट...

Royals ले मार्ला त बाजी ???

Royals ले मार्ला त बाजी ???

2008 को IPL champions Rajasthan Royals अझै पनि दोस्रो उपाधि को पर्खाइ मा छ। पहिलो IPL मा दिग्गज हरू ले भरिभराउ Rajasthan ले पहिलो वर्ष उपाधि चुम्न सफल भएको थियो। त्यसको केही वर्ष सम्म पनि उपाधि दाबेदार रहेको Royals अहिले भने सेलायो भन्दा फरक नपर्ला। अनुभव ले राम्रो...