IPL मा अर्का सन्दिप

Written by Golden Duck

Sep 27, 2020

September 27, 2020

कोरोना भाईरस महामारीका कारण संयुत्त अरब इमिरेट्समा जारी विश्व क्रिकेटकै ठुलाे ट्वेन्टी ट्वन्टी क्रिकेट प्रतियोगितामा दिल्ली डेयरडेभिल्सकाे पहिलो खेलमा सन्दिप प्लेईङ एघारमा पर्न सकेनन तर सन्दिपले पूर्व सस्करणमा गरेकाे प्रदशनले सर्वत्र प्रशंसा कमाएका थिए। त्यसयता उनले विश्वका ठुला ठुला लिगमा खेलि नेपाललाई विश्वभर चिनाएका छन । भाैगाेलिक हिसाबले हिमालकाे काख मुनि रहेपनि नेपालमा क्रिकेटको क्रेज धेरै नै छ। विश्वकाे सबै क्रिकेट प्रतियोगिता मनपराउने नेपाली, गाेर्खाली सन्दिपकाे खेल भनेसि हुरुक्कै हुन्छन। नेपालमा सन्दिप जस्तै खेलाडी नभएका भने कदापि हाेइन, नेपाली क्रिकेटका पिता पारस खड्का, साेमपाल कामी, युवा खेलाडी कुशल मल्ल, आरिफ शेख हेर्न लाएक खेलाडी हुन भने सन्दिपकाे जस्तै प्रतिभा भएका खेलाडीहरू वैदेशिक राेजगारीकाे चर्काे घाममा काम गर्न बाध्य छन्।

sandeep lamichhane ipl
sandeep lamichhane ipl

नेपालमा राणा पालादेखीनै खेल्न थालिएको खेलपनि अन्तरास्ट्रिय स्तरमा साेँचे जस्ताे माथि पुग्न सकेकाे छैन्। नेपाली खेलाडीहरूले आफ्नै बलबुताँमा नेपाललाई डिभिजन ५ बाट ODI मान्यता र ट्वेन्टि ट्वेन्टि विश्वकप पुर्याउनु बाहेक अन्य सम्झनलायक प्रदशन छैनन् । सन्दिपले प्रष्ट पारिदिएका छन कि यदि राम्राे प्रतिभा र एक्सपाेजर पाउने हाे भने नेपाली खेलाडीले पनि राष्ट्रिय – अन्तरास्ट्रिय स्तरमा उल्लेख्य प्रगति गर्न सक्छ भनेर। किन बाध्य छन त खेलाडी खेल छाेड्न?? किन देख्दैनन् त अभिभावक क्रिकेटमा भबिस्य??? नेपाली क्रिकेटका केही समस्याहरु:-

क्रिकेट सङ्घ नेपाल

क्रिकेट सङ्घ नेपाल (क्यान) भित्रकाे चरम राजनीति नै नेपालमा क्रिकेटको विकास नहुनुकाे प्रमुख कारण मानिन्छ। राजनैतिक नियुत्तिले अदक्ष व्यक्तिहरु क्रिकेटकाे विकास छाेडि आफ्नो भुँडी भर्न लागिपरेका छन्। क्यानले आफ्नाे काम नगरेपछि घरेलु संरचना ध्वस्त हुने, खेलाडीले आफ्नाे तलब समयमा नपाउने, खेलाडी छनाेटमा समस्या देखिने, राष्ट्रिय अन्तरास्ट्रिय स्तरमा एक्सपाेजर नपाउने जस्ता समस्याहरु देखा पर्दछन। क्रिकेट विकासमा महत्त्वपूर्ण भन्नू नै संघमा क्रिकेट बुझ्ने , क्रिकेट विकासकाे लागि केही गर्छु भन्ने व्यत्ति आउनु नै हाे।

घरेलु संरचना

राष्ट्रिय टाेलिमा भएकाले राम्राे पर्फाेमेन्स दिएनन, खेलाडी घाइते भए, खेलाडीलाई आराम दिनु पर्याे, अब नयाँ खेलाडीलाई माैका दिँउ भने के आधारमा दिने ? कुन खेलमा गरेकाे प्रदशनकाे आधारमा दिने? घरेलु प्रतियाेगिता लामाे समयदेखि ठप्पै छन्। जिल्ला क्रिकेट संघ नामकाे मात्रै रहेकाे छ, न खेलाडी छनाेटमा सहयाेग न प्रतियोगिताकाे लागि तयारी नै। त्यसैले सँधै २२ / २५ जनालाई बन्द प्रशिक्षणमा बाेलाउनि र त्यहिबाट टिम बनाउनुकाे विकल्प हुँदैन । नेपालमा प्रतियोगिताको लागि विज्ञापन – स्पाेन्सर काे कमि पक्कै छैन मात्र बढी छन त विज्ञापन र स्पाेन्सरमा आएकाे रकम आफ्नै महत्वाकांक्षा पूरा गर्नेकाे ।

स्कुल क्रिकेट

क्रिकेट विकासमा स्कुल क्रिकेट एउटा निकै नै राम्राे उपाए हाे । जब खेलाडीहरू स्कुल देखिनै आफ्नाे खेलमा निखरता ल्याँउदै आँउछन अनि पछि पाउने एक्सपाेजरले उसलाई सफलताकाे शिखरमा पुग्न कसैले राेक्न सक्दैन। नेपाली अभिभावक राष्ट्रिय टाेलिकाे जितमा रमाउन सक्दछन र हारमा केही गर्न सक्दैनन भनेर बस्न सक्छन तर आफ्ना छाेराछाेरीहरुलाई क्रिकेटमा भविष्य छैन भनी अघि बढ्न दिँदैनन्। यदि स्कुलबाटनै क्रिकेटकाे शुरुआत गर्ने हाे भने धेरै खेलाडी उत्पादन गर्न सकिन्छ । स्कुल क्रिकेटकाे साथसाथै अन्डर १२, अन्डर १५ , अन्डर १७ काे प्रतियोगिता राष्ट्रिय स्तरमा गराई अन्तरास्ट्रिय स्तरमा भाग गराउनु पर्दछ।

आर्थिक समस्या

नेपाल क्रिकेट टिममा मैदानभित्र जे जति समस्या छन्, त्यसभन्दा कैँयाैँ गुणा समस्या मैदान बाहिर छन् । राष्ट्रिय टिमका खेलाडीहरुले समयमा तलब पाँउदैनन, घरेलु प्रतियोगिताहरु शून्य शरह नै छन्। वर्षमा हुने एक दुई प्रतियोगिताले घरकाे छाक टार्न संभव नै हुँदैन। यतिसम्म कि खेलाडीहरू खेल खेल्दा घाइते भएमा खेलाडी बिमा नहुनाले बचाउ अभियान चलाउनु परेका थुप्रै उदाहरण छन्।

नेपालीहरु विश्वकप फाइनलमा “नेपाल , नेपाल , नेपाल ” भनेर आफ्नाे टाेलिलाइ सपाेर्ट गर्ने दिन नआउला भन्न सकिन्न । शुभकामना नेपाली टाेलिलाइ ।

bcci icc
BCCI ICC

ICC र भारत

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) ले नेपालजस्ता एशाेशिएट राष्ट्रहरुलाई जहिले पनि शाैतेनि छाेराकाे व्यबहार गर्दै आएका छन, न विश्वकपमा स्थान दिन्छन न अन्तरास्ट्रिय प्रतियोगिताकाे लागि माैका , न काेचहरु पठाउने नै । अझ ICC ले त विभिन्न बहानामा बाेर्डलाई सस्पेन्ड नै गर्दिन्छ। इग्लाण्डले अाइरल्याण्ड र नेदरल्याण्ड , साउथ अफ्रिकाले जिम्वाबे , भारतले बंगलादेश र अफगानि क्रिकेट टाेलिलाई सहयाेग गरेपनि भारतले नेपाल क्रिकेटलाई केही सम्झनलाएक सहयाेग गरेकाे छैन, क्रिकेट देशकाे महारथि भारतकाे सानाे सहयाेगले नि देशले खुड्किलाे पार्न सक्थ्याे । दुबै तर्फबाट पहल गर्नेहाे भने नेपाललाई मात्र नभई भारतले पनि फाइदा उठाउन सक्छ ।

यी समस्याहरु पार गर्दै, क्रिकेट संघमा आफ्ना मान्छे हाेइन राम्रा मान्छे राखेम

0 Comments

0 Comments

Submit a Comment

Your email address will not be published. Required fields are marked *

Related Articles

दिल्ली को धमाका !!!

दिल्ली को धमाका !!!

IPL भन्ने खेल पनि अचम्म को छ, कसैसँग Trophy को भकारी कोही चाहिँ Trophy को चक्कर मा 12 साल एसै फाल्नुपर्ने अवस्था। अनुभव ले त हरेक चिजलाई सफल बनाउँछ, तर Delhi Capitals को कहानी अर्कातिर लेखिन पुग्यो। कोसिस पनि कहाँ नगरेको हो र?? जीवन को अर्काे परिभाषा छ, कोशिस् र...

मुम्बईको  राज ??

मुम्बईको राज ??

कतिपय टिम को लागि त आकाशको फल आँखा तरि मर जस्तो हुन्छ। यो कथा हो 4 पटक IPL बिजेता Mumbai Indians को। सुरुबाट हेर्ने हो भने त नाम ठूलो काम सानो जस्तो लाग्छ तर मिहिनेत र परिश्रम को अगाडि कसैको केही लाग्दैन भने जस्तो Mumbai Indians को IPL जित्ने सपना साकार भयो। 2013 बाट...

Royals ले मार्ला त बाजी ???

Royals ले मार्ला त बाजी ???

2008 को IPL champions Rajasthan Royals अझै पनि दोस्रो उपाधि को पर्खाइ मा छ। पहिलो IPL मा दिग्गज हरू ले भरिभराउ Rajasthan ले पहिलो वर्ष उपाधि चुम्न सफल भएको थियो। त्यसको केही वर्ष सम्म पनि उपाधि दाबेदार रहेको Royals अहिले भने सेलायो भन्दा फरक नपर्ला। अनुभव ले राम्रो...