अहिलेको नेपाली क्रिकेट को अवस्था अनौठो किसिमको छ। यहाँ दोष दिने क्रम एकदम बढी छ। खेलाडीले CAN लाई दर्शक ले खेलाडीलाई। हुन पनि खेलाडीको कुरो पनि सहि छैन भन्न मिल्दैन। ICC बाट कति सहयोग रकम आउँछ भन्ने सुन्ने गरिन्छ तर त्यो पैसा कता जान्छ कता। अब हामीले CAN को गल्ती कता कता छ, कुन कुन कुरामा सुधार ल्याउनुपर्ने छ, आदि जस्ता कुरा हरू त हामीले खेलाडीको मुखबाट सुनिन्छ, कतिपय सञ्चार माध्यममा पनि हामीले सुन्दै आयेको छौ। तर आज फरक कुरामा बहस हुन गइरहेको छ, त्यो हो केही दोष खेलाडीको पनि छ। त्यस विषयमा हामी तल कुरा गर्न गइरहेको छौ।
1. खराब ब्याटिङ प्रदर्शन :
मैले क्रिकेट देखे बाट नेपालको ब्याटिङ चलेको थाहै पाइन , नचलेको पनि कसरी भन्ने 2/3 जना त सधैं चलिरहने हो नि । हामी सँग Structure छैनन् , Great Vision छैनन् , देश गरिब छ तर जब आफूले देशको लागी खेल्छु भनेर मैदानमा उत्रिसकेपछि मनस्थिति चाहिँ एकदम साफ हुन जरुरी छ, निडर स्वभाव भएको, खेल्न इच्छुक भएको जस्तो खेल खेलेर आउन जरुरी छ। तर हाम्रो खेलाडीको ब्याटिङ यति नाजुक छ कि हेर्नै ले पनि भन्छन् कति बोरीङ खालको खेल खेलेको। Single and Double is very important in the game of cricket भनेर भनिन्छ तर हाम्रो खेलाडीलाई यो लागु हुँदैन, अझ Dot Ball Percentage बढी हुन्छ। हामी घर तिर 12/12 खेल्दा समेत पहिलो 8 over आरामले खेल्ने पछि आक्रामक रुपमा प्रस्तुत हुनुपर्छ भन्ने गर्थ्यौ। तर हाम्रो Top Btasman हरूको अर्को योजना हुन्छ, बल खाने मात्र। Paras , Binod , Sharad , Gyanendra लाई Structure ले Run हान्न नरोक्ने अरूलाई रोक्ने त हुन नपर्नुपर्ने। ठीक छ Structure छैनन् , Enough Match Practice छैनन् तर Intent त देखाउन सकिन्छ की???

2. फितलो बलिङ्ग :
नेपालको बलिङ्ग त एकदम बलियो मानिन्छ तर आजकल बलिङ्ग पनि बिस्तारै फितलो हुँदै गयको छ। अन्तिम Overs मा त झन कुरा नगरम , आफू भन्दा पनि कमजोर टिम सँग पनि उच्च दरमा Run खर्च भएको छ। Shakti , Basanta , Sandeep , Sompal जस्तो Bowler नभयको पनि होइनन् तर Bowler पनि ब्याट्सम्यान जस्तै भैरहेको छन् Talent भएको तर प्रदर्शन गर्न चूक्ने । खराब कप्तानी को कारण ले हो की के तर हामीले Wickets लीन चूकेको छौ। अनुभव को कमीले पनि हुनसक्छ तर हाम्रो बलिङ्ग पनि दिनानुदिन खस्किरहेको छ। Sompal , Sandeep लाई साथ दिने बलरको खाँचो नेपाली क्रिकेटलाई छ।
अन्त्यमा भन्नुपर्दा हामीलाई Structure को खाँचो त एकदम छ, तर पनि हाम्रो खेलाडीले पनि आफूले बटुलेको सानोतिनो अनुभव को प्रयोग गरेर अघि बढ्न जरुरी छ। Afghanistan, Zimbabwe, UAE , जस्ता देशहरू पनि त हामीले जस्तो दुःख भोगेका छन् तर उनीहरूले यस्तो कुराको मतलब नगारी आफ्नो क्षमताको भरमा आफ्नो खेल र देशलाई पनि अघि सारेका छन् । जसले क्रिकेट बोर्डलाई पनि दबाब दिन मद्दत पुग्छ। हार्नु जित्नु आफ्नो ठाउँमा छ, तर पनि आफू कुन तहको खेल खेलेर हारियो त नि?? भनेर आफूले आफूलाई प्रश्न गर्नु एकदम जरुरी छ। Sandeep Lamichhane पनि त यही Structure का साथ IPL खेलमा सहभागी हुन पुगे भनेर बिचार गर्नुपर्छ । जित हार को बिच कम दूरी कायम राखिराख्न आवश्यक छ , त्यसको लागि आफ्नो खेललाई पनि माथिल्लो तहमा पुर्याउन जरुरी हुन्छ। यति गर्न सकियो भने CAN लाई पनि दबाब हुन्छ र नेपाली क्रिकेटको विकासका लागी ठूलो सहयोग पुग्नेछ।
जय नेपाली क्रिकेट।
0 Comments