कतिपय टिम को लागि त आकाशको फल आँखा तरि मर जस्तो हुन्छ। यो कथा हो 4 पटक IPL बिजेता Mumbai Indians को। सुरुबाट हेर्ने हो भने त नाम ठूलो काम सानो जस्तो लाग्छ तर मिहिनेत र परिश्रम को अगाडि कसैको केही लाग्दैन भने जस्तो Mumbai Indians को IPL जित्ने सपना साकार भयो। 2013 बाट IPL जित्न सुरु गरेको टिम आफ्नो मर्जी अनुसार IPL जित्छ, सुन्ने लाई अचम्म लाग्छ तर 1/1 बर्षको अन्तरालमा IPL जित्नु सानो काम होइन त्यो पनि 4 पटक।
आज त मेरो कलम चलाउन पनि मुस्किल परिरहेको छ, अरू टिम को बारेमा मैले बोलेको हुन्थे भने यो भएन त्यो भएन भन्दै Cricket Expert बनेको हुन्थे। तर आज टिम फरक कहानी फरक, हेर्दा सामान्य देखिएला तर गेम को तह माथिल्लो तहको हुन्छ। को भन्दा को कम छन् होला र टिम मा पनि सबै Match Winner, एक जना नचले अर्को आइपुगेको हुन्छ। Staff Member को त कुरै नगरम World Cup Winning Team लाई Represents गरिसकेका।

चाहे Fielding होस् या Bowling, Batting होस् वा सटीक योजना सबै कुरामा अब्बल। खेलाडीलाई मौका दिने काम, बिशवास दिलाइरहेको हुन्छन्। यो पटक को IPL लागि पनि लेखाजोखा गर्ने हो भने Mumbai को सम्भावना एकदम प्रबल छ। सुरु मा खराब प्रदर्शन गरिरहेको बेलामा पनि पछि खेल मा आफूलाई राखि Tournament जित्नु मा पनि माहिर देखिन्छ। अब को चोटि पनि Mumbai ले IPL जिते सानातिना टिम लाई मौका नदिने भन्दै मुद्दा दायर गर्नु पर्ने अवस्था आउँछ।
जे होस् Mumbai Indians को गेम हेर्दा Entertainment को कमी आउने छैन भन्ने आशा गर्छु । हामी Golden Duck family को तर्फबाट Rohit Sharma र Mumbai Indians लाई 5th IPL Trophy को लागि धेरै धेरै शुभकामना।
0 Comments