नेपाली क्रिकेटको ब्यथा

Written by Golden Duck

Aug 31, 2020

August 31, 2020

Get Rid of  Ads

Use Internet without ads and free of trackers with Brave Browser.

नेपाली क्रिकेटको ब्यथा

यस एक्काईसौं शताब्दीमा खेलकूदको महत्त्व एक्दमै बढी हुने गर्दछ। क्रिकेट त अझ संसार भर खेलिने खेलको गन्तिमा अगाडि नै पर्दछ। नेपाली क्रिकेटले पनि केही हदसम्म क्रिकेटमा आफ्नो छाप छोड्न सफल भएको छ। तर हाम्रो देशमा खेलकूदलाई अपहेलाना गर्ने गरीन्छ।परिवार,समाजबाट मात्र नभई युवावर्गबाट नै खेललाई तल्लो स्थरको दर्जामा राख्ने गरिन्छ भलै यो सोचमा बिस्तारै परिवर्तन आएको चाहिँ देखिन्छ । मेरो विचारमा नेपाली क्रिकेट पछी पर्नुको मुख्य कारण नै क्रिकेटलाई राष्ट्रिय स्थरबाट बढावा नदिनु नै हो।

नेपाली क्रिकेट टिम


मेरो पनि सपना क्रिकेटर बन्ने नै थियो। तर दुर्भाग्यवश न त मलाई घरबाट सपोर्ट मिल्यो, न त सरकारले त्यस्तो निती निएम ल्याउन सक्यो जसबाट मेरो परिवारले ढुक्क साथ मलाई सपोर्ट गर्न सकोस् । इंग्ल्याण्ड, अष्ट्रेलिया, इंडिया जस्ता देशहरुमा क्रिकेटलाई खेलको रुपमा मात्र नभई धर्मकै रुपमा लिने गरिन्छ तर हाम्रो देशमाभने राजनीतिक किचलोले गर्दा भर्खर फक्रन लागेको फूल – क्रिकेट, ओइलिने अवस्थामा पुगेको छ. राष्ट्रिय टिमको ढोका मानिने U – 16, U – 19,U – 23 को त कुरा नै छोडौ राष्ट्रिय खेलाडीले खेल्ने प्रतियोगिता नै बिरलै छन्। यस्तो अवस्थामा निजि तहबाट खेलाइएको प्रतियोगिताले ठुलो मान्यता राखेको छ, आर्थिक र खेल दुवै छेत्रमा । यस्तो स्टक्चरको अभाबले खेलको स्तिथि नै डामाडोल बन्न पुगेको छ र नया खेलाडीको उत्पादन सुन्य सरह बन्न पुगेको छ. नया पारस, नया ज्ञानेन्द्र, नया सन्दिप खै त ? पारस, ज्ञानेन्द्र, सन्दीप, सोमपाल जस्ता खेलाडी नभएका भने पक्कै होइनन, नेपालमा त्यस्तो ट्यालेन्टलाई खोज्ने कोसिस नै गरिएको छैन। जहिले पनि पैसाको झमेला देखाई गरिब देश भनेर हिरा खोज्ने कोसिस गरिएकै छैन।

नेपाली क्रिकेट टिम

डोमेस्टिक स्टक्चर राम्रो बनाउने कोसिस गरौं न हाम्रो देशका प्रतिभा भएका युवाहरुलाई प्रोत्साहान गर्ने कोसिस गरियो भने र मासिक रुपमा तलब दिन सकियो भनेपनि हामिले कोहली, स्मिथ जस्ता खेलाडी नेपालबाट खेलिदीयेको भये भनेर हामिले सोच्नु पर्ने थिएन। यस्ता खेलाडीहरु हामिले पनि उत्पादन गर्न सक्ने क्षमता हामीसंग छ र येसको लागी नेपाल सरकार र CAN एकजुट हुन जरुरि छ। कती देशलाई मात्र दोश दिनू हाम्रो समाज पनित तेस्तै छ छोरा क्रिकेट मा एक्दम क्षमतावान छ तर पनि उस्लाई जबरजस्ति डाक्टर, इन्जिनियर बनाउनमा लागिपरेका छ्न। यो त भयो परिवारिक कुरा ,के अब हाम्रो देश येस्तै पारा ले वर्ल्ड कप खल्ला त ???

Kholi and Smith

जाग्नुस हजुर सबै जना जाग्नुस अब पनि बहाना बनएर हुन्छ र?? अफगानिस्तान हामी भन्दा गरिब पनि हामिले भन्दा ढिलो क्रिकेट खेल्न सुरु गरेकोपनी ल भन्नुस आफै के हाम्रो देश साँचै नै गरिब होत ??? सुनको थालमा मागेर हामी ले बहाना बनाई रहेका छौं। पारस खड्का अझै पनि भन्छन् देशले ठुलो फड्को मारे मात्र नेपाली क्रिकेट अघी बड्ने छ नत्र, डिभिजन ५,४,३ खेल्नी उपाधी उचाल्यो नेपाल ले भनेर मक्ख पर्दै बस्ने।

cricket world cup trophy

म जस्ता कैयौं नेपालीको सपना चक्नाचुर भयो अब पनि कान मा तेल हालेर बस्ने हो भने नी हाम्रो देश बाट क्रिकेट भन्ने सब्द शब्दमा मात्र रहन सक्नेछ। घरेलु क्रिकेट मा सानो तिनो सुधार ल्याऊन सफल भैयो भने पनि हामी धेरै माथी पुग्ने छौं, वर्ल्ड कप त पक्का खेलिन्छ नै। यो एक क्रिकेट प्रेमी जस्को सपना नेपाली क्रिकेट टीम बाट खेलेर नेपालको नाम सारा संसारभर नै चिनाउने लक्षए भएको मानिस को सानो पसुझाब मात्र हो बाकी देशलाई कुन बाटो लैजाने हजुरहरुको मर्जी, जय नेपाल।

चिरन्तन अधिकारि – Golden Duck

Related Articles

Indian Cricket: Road to 2021 Cricket World Cup Glory

Indian Cricket: Road to 2021 Cricket World Cup Glory

The Indian Cricket team has been doing exceptionally well in the last decade or so. The standard of their cricket has grown up significantly. It comes with no surprise; their fans expect them to win trophies in every Global event they participate. But it hasn't...

My Top 5 Best Batsman of all time

My Top 5 Best Batsman of all time

Without further ado, let's get straight to it; my top 5 best batsman of all time: Jacques Kallis I still remember that day when Kallis retired from international cricket. 'Why? 'Why now' 'Why not after playing WorldCup?' These questions were continuously raised in my...

Indian Cricket: Road to 2021 Cricket World Cup Glory

Indian Cricket: Road to 2021 Cricket World Cup Glory

The Indian Cricket team has been doing exceptionally well in the last decade or so. The standard of their cricket has grown up significantly. It comes with no surprise; their fans expect them to win trophies in every Global event they participate. But it hasn't...

0 Comments

0 Comments

Submit a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.