दिल्ली को धमाका !!!

Written by Golden Duck

Oct 16, 2020

October 16, 2020


IPL भन्ने खेल पनि अचम्म को छ, कसैसँग Trophy को भकारी कोही चाहिँ Trophy को चक्कर मा 12 साल एसै फाल्नुपर्ने अवस्था। अनुभव ले त हरेक चिजलाई सफल बनाउँछ, तर Delhi Capitals को कहानी अर्कातिर लेखिन पुग्यो। कोसिस पनि कहाँ नगरेको हो र?? जीवन को अर्काे परिभाषा छ, कोशिस् र सफलताको बीचमा अझै एउटा कुराले ठूलो भूमिका खेलेको हुन्छ त्यो हो जस्तो अवस्था मा पनि आफूलाई ढाल्नुपर्छ र शान्त चरित्र को हुनुपर्छ जुन कुरामा अब्बल रहन Delhi Capitals चुक्यो।

जित बाट आत्मविश्वास बढ्छ पराजित बाट ठूलो पाठ सिकिन्छ, कतिपय Season मा त अन्तिम स्थानमा रहेको Delhi Capitals ले आफूले Table Top गरेको बेला फाइदा उठाउन सकेन। अब त केही हुन्छ कि, केही गर्छ कि भन्यो Eliminator Round बाट Out भै हाल्ने। कति खेलाडी परिवर्तन गरिसकेको छन् तर पनि नतिजा उस्तै। Batting चल्छ Bowler ले निराशा बनाउने दुई पक्ष नै राम्रो खेलको बेलामा कि त भाग्य ले साथ नदिने कि त धेरै ढिलो भइसकेको हूने।

Delhi Capitals

यस वर्षको IPL लाई मध्यनजर गर्ने हो भने Delhi Capitals को राम्रो मौका छ आफूलाई सहि साबित गर्ने। यही कुरालाई मध्यनजर राखी Ricky Ponting, Mohammad Kaif जस्तो Management टोली पनि कस्सिएर काम मा लागेका छन्। उत्कृष्ट Form मा रहेको Delhi Capitals बाट हरेक क्रिकेट प्रेमीको केही गर्छ कि भन्ने आशा पनि छ। Rabada , Nortje , Iyer , Stoinis , Hetmyer जस्ता धुरन्धर हरूको दबदबा हालसम्म त कायम रहेको छ तर पछि फेरी पुरानो अवस्था मा फर्किनेछ कि छैन भन्ने कुरा त हामीले अब आगामी दिनमा थाहा पाउन सकिन्छ। जे होस् ढिलो आइपुग्यो कडा आइपुग्यो भन्ने शब्द हामीले Delhi Capitals लाई जोडने अवसर पाउने छौ भन्ने कुरामा म विश्वस्त छु।

Delhi Capitals लाई धेरै धेरै शुभकामना।

0 Comments

0 Comments

Submit a Comment

Your email address will not be published. Required fields are marked *

Related Articles

मुम्बईको  राज ??

मुम्बईको राज ??

कतिपय टिम को लागि त आकाशको फल आँखा तरि मर जस्तो हुन्छ। यो कथा हो 4 पटक IPL बिजेता Mumbai Indians को। सुरुबाट हेर्ने हो भने त नाम ठूलो काम सानो जस्तो लाग्छ तर मिहिनेत र परिश्रम को अगाडि कसैको केही लाग्दैन भने जस्तो Mumbai Indians को IPL जित्ने सपना साकार भयो। 2013 बाट...

Royals ले मार्ला त बाजी ???

Royals ले मार्ला त बाजी ???

2008 को IPL champions Rajasthan Royals अझै पनि दोस्रो उपाधि को पर्खाइ मा छ। पहिलो IPL मा दिग्गज हरू ले भरिभराउ Rajasthan ले पहिलो वर्ष उपाधि चुम्न सफल भएको थियो। त्यसको केही वर्ष सम्म पनि उपाधि दाबेदार रहेको Royals अहिले भने सेलायो भन्दा फरक नपर्ला। अनुभव ले राम्रो...

RCB कि हार CB ???

RCB कि हार CB ???

मैले Cricket हेर्न सुरु गरिसकेको पनि १२ बर्ष भइसकेको रहेछ। IPL भर्खर सुरु हुँदा हेर्न सुरु गरेको अहिले कति छिटो १२औं वर्ष सकिएछ र अहिले १३औं Season सुरु हुँदैछ। यहाँ कुरा मेरो होइन हामी त एक Cricket Club जसले १२ वर्ष सम्म पनि कुनै उपाधि हात पारेको छैन भन्ने विषयमा...